दफा ३२
रोयल्टी बुझाउनु पर्ने
(१) दफा २४ को उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिए बमोजिमको रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
(२) दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले कबुल गरे बमोजिमको रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
(३) रोयल्टी बुझाउने तरीका र समय प्राधिकरणले तोकिदिए बमोजिम हुनेछ ।